पछिल्लो समयमा निर्माण गरिएको सबैभन्दा भव्य यस मन्दिरमा फलाम र सिमेन्टको प्रयोग गरिएको छैन । यो मन्दिर ढुंगाबाट मात्र बनेको छ, जसलाई प्रविधिको सहयोगमा फिट गरिएको छ ।
काठमाडौं । न त सिमेन्ट, न फलामको प्रयोग । आधुनिक निर्माण सामाग्रीहरुको प्रयोग नै नगरी कुन प्रविधिबाट बनाइयो अयोध्याको विशाल राम मन्दिर ?
भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य समारोहबीच रामललाको मूर्तिमा प्राण प्रतिष्ठा गरेका थिए ।
सो समारोहमा भारतका चर्चित व्यवसायी, कलाकारदेखि प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।
पछिल्लो समयमा निर्माण गरिएको सबैभन्दा भव्य यस मन्दिरमा फलाम र सिमेन्टको प्रयोग गरिएको छैन । यो मन्दिर ढुंगाबाट मात्र बनेको छ, जसलाई प्रविधिको सहयोगमा फिट गरिएको छ ।
६ आईआईटीको सहयाेग
सबैभन्दा ठूलो चुनौती मन्दिरको जग पूर्णतया सुरक्षित बनाउनु थियो । यसका लागि विभिन्न विज्ञहरुको राय लिइएको थियो । लामो समयको परीक्षणपछि सबै कुरा फाइनल भएको हो । साथै, राडार सर्वेक्षणको समेत सहारा लिइयो । करिब ५० फिट गहिरो खनेपछि कृत्रिम ढुंगा बनाउने निर्णय भएको थियो ।
यस कार्यमा आईआईटी मुम्बई, आईआईटी दिल्ली, आईआईटी चेननई, आईआईटी गुवाहाटी, आईआईटी मद्रास, एनआईटी सूरत र आईआईटी खड्गपुर, वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् र सीबीआरआई अर्थात् केन्द्रीय भवन अनुसन्धान संस्थानले सहयोग गरेको बताइएको छ ।
यसका अलवा राम मन्दिरको काममा लार्सन टुब्बाे र टाटाका विज्ञ इन्जिनियरको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।
मन्दिर निर्माणमा प्रयोग भएका ढुंगाको प्रयोगशाला परीक्षण गरिएको थियो । ढुंगा जडान गर्नका लागि पनि तामाको प्रयोग गरिएको छ । यसको उद्देश्य मन्दिर बलियो र हरेक चुनौती सामना गर्न सक्षम हुनुपर्छ भन्ने हो । बाढी र हवाहुरीले पनि मन्दिरमा कुनै क्षति गर्ने छैन ।
कति ढुंगा प्रयोग भयो ?
अयोध्याको राम मन्दिरमा कति घन फिट ढुंगा राखिएको छ ? हरेक रामभक्त राम मन्दिरसँग सम्बन्धित कुराहरू जान्न उत्सुक हुन्छन् नै, त्यसैले हामी तपाईंलाई अयोध्याको राम मन्दिरमा राजस्थानको बन्सी पहारपुरबाट कति लाख घन फिट ढुंगा प्रयोग भएको छ भन्ने जानकारी दिँदै छौं ।
यो ढुंगा पनि राजस्थानको बन्सी पहारपुरको गुलाबी ढुंगा हो । मन्दिर निर्माणको सबैभन्दा विशेष कुरा भगवान रामको बास हुने ठाउँ हो । उक्त गर्भमा करिब चार लाख ६० हजार घनफिट ढुंगा राखिएको छ । यसबाहेक करिब २१ लाख घनफिट ढुंगाले सम्पूर्ण मन्दिर निर्माण भएको छ ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका महासचिव चम्पत राईका अनुसार मन्दिरमा मात्रै चार लाख ७५ हजार घनफिट ढुंगा प्रयोग भएको छ । जसमा राजस्थानको मकराना संगमरमर फरक छ, ग्रेनाइट संगमरमर फरक छ, पार्कको ढुंगा फरक छ । सबै जोड्दा पूरै मन्दिर निर्माणमा करिब २१ लाख घनफिटभन्दा बढी ढुंगा खर्च भएको छ ।
प्राचिन शैली र आधुनिक प्रविधिको फ्युजन
यस मन्दिरको निर्माणमा परम्परागत प्राचीन शैली र संस्कृतिमात्र नभई नयाँ प्रविधिको पनि प्रयोग भएको छ । प्रत्येक वर्ष रामनवमीको अवसरमा सूर्यको किरणलाई श्रीरामको मूर्तिमा पुर्याउने प्रयास होस्, मन्दिरमा ढुंगा जोड्ने विधि होस् वा भूकम्पमा पनि बलियो रहने जग होस्, यी सबै बाधा–अड्चनहरू हटाउन विज्ञानको मद्दतबाट सकिन्छ ।
वैज्ञानिकहरू, विशेषज्ञहरू र धेरै एजेन्सीहरूको टोली राम मन्दिरको दीर्घायु होस् भन्ने कुरा सुनिश्चित गर्न मिलेर काम गरेका थिए ।
भगवान रामललाको मूर्तिमा परम्परागत प्राचीन शैली र संस्कृतिसँगै नयाँ प्रविधिको पनि प्रयोग गरिएको छ । प्रत्येक वर्ष रामनवमीको अवसरमा श्रीरामको मूर्तिमा सूर्यको किरण प्रत्यक्ष गराउने प्राविधिक काम भएको छ । मन्दिरमा राखिएका ढुंगा परीक्षणपछि प्रयोग गरिएका हुन् ।
राम मन्दिरको गर्भगृहमा स्थापित भगवान रामललाको मूर्ति मैसुरुका मूर्तिकार अरुण योगिराजले बनाएका हुन् ।
एजेन्सीकाे सहयाेगमा