उपमहानगरले चालु आवमा ३१ करोड १४ लाख ५५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म हेटौंडा उपमहानगरपालिकाको राजश्व करिव ३६ प्रतिशतले वृद्धि भएको छ ।
हेटौंडा उपमहानगरले आव ०८०/८१ को पहिलो त्रैमासमा ११ करोड १३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्षको यसै अवधिमा १० करोड २६ लाख रुपैयाँ राजश्व उठेको थियो । गत वर्षको तुलनामा यस वर्ष ८६ लाख ७९ हजार रुपैयाँ बढी राजश्व संकलन भएको हो ।
उपमहानगरले चालु आवमा ३१ करोड १४ लाख ५५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यही अनुपातमा राजश्व उठेमा लक्ष्यभन्दा बढी नै सफलता हासिल हुने अनुमान छ ।
पहिलो त्रैमासमा एकीकृत सम्पति कर दुई करोड ९२ लाख संकलन भएको छ । यस्तै, भूमिकर दुई हजार, घरबाहल कर एक करोड ८३ लाख, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर दुई करोड ४५ लाख उठाएको छ । व्यवसाय कर गत आर्थिक वर्षभन्दा १४ लाख २८ हजार रुपैयाँले बढेको छ ।